पाकिस्तानको बलुचिस्तानमा शुक्रबार दुईपटक बम विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।
मस्जिद बाहिर भेला भएका व्यक्तिलक्षित आत्मघाती बम विस्फोट भएको हुनसक्ने प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मस्तुंग शहरको मदिना मस्जिद बाहिर बम पड्किएपछि त्यहाँ कोलाहल मच्चिएको छ । मानिसहरूको शव बम विस्फोटनले छरपस्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यो घटनामा अन्य ५० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । बम विस्फोटनको घटनासँगै पाकिस्तानका गृहमन्त्री सरफराज बुगतीले यो आक्रमण गराउने समूहले घिनलाग्दो गतिविधि गरेको बताएका छन् । उनले घटनामा संलग्न हुनेहरूको खोजी गर्न निर्देशन दिइसकेका छन् ।
यो आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बलुचिस्तान प्रान्तको सरकारले यो घटनापछि प्रान्तभर तीन दिने शोकको घोषणा गरेका छन् । विस्फोटपछि क्वेटाको अस्पतालमा घाइतेहरूको घुइँचो लागेको छ ।
पाकिस्तानमा तेहरिक-इ-तालिबान समूहले आतंकवादी गतिविधि गर्दै आएका छन् । तर, यो समूहले हालको घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । तालिबानले पनि मस्जिद बाहिरको आक्रमणको निन्दा गर्दै यो घटनालाई दुस्खद् खबर भनेको छ ।
सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो