नायक अनमोल केसी प्रहरी नियन्त्रणमा रहेकाे खबर छ । अपराधिक छलकपट गरेकाे आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेकाे हो ।
केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेपनि आफूले साइन नगरेको र सम्झौता नै नभएको भन्दै हिँडेपछि निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।
केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।
केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।
प्रहरीका अनुसार अनमोललाई छलफलका लागि पटक-पटक सम्पर्क गरेर बोलाउँदा पनि उनी नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति मागेको र अदालतबाट पक्राउ अनुमति आएपछि शुक्रवार भक्तपुरको साँगामा फेला परेपछि पक्राउ गरेको बताइन्छ ।
पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट छायांकन हुनुपर्ने थियो । तर, अनमोल छायांकनका लागि तयार नभएपछि निर्माण पक्षले उनीसँग पैसा फिर्ता मागेको थियो । अनमोलले केही दिन अगाडि फेसबुकमा फिल्म चयन गर्दा ध्यान दिने र आफूले अभिनय गर्ने फिल्मबारे आफ्नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने लेखेका थिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो