पोखरा । ६ बुँदे सहमतिसँगै मणिपाल अस्पतालसँग रुष्ट रहेका मृतक पक्षको आन्दोलन स्थगित भएको छ । तर, कुटाई खाने चिकित्सक पक्षबाट भने आन्दोलन जारी नै छ ।
पोखरामा डाक्टरको आन्दोलनमा अभिभावकीय संस्था नेपाल चिकित्सक संघ नै पन्छिने अवस्थामा पुगेको आभाष मिलेको छ । एनएमए गण्डकीका महासचिव डा. सुवास तिमिल्सिनाले डाक्टरको आन्दोलन के भयो ? भन्ने प्रश्नको उत्तर नै दिन सकेनन् । जबकि हिजो सञ्चारमाध्यममा निवर्तमान अध्यक्ष डा. राजन शर्माले अस्पतालको ६ बुँदे सहमतिले यो आन्दोलन नरोकिने बताएको खबर सार्वजनिक भएको थियो । यतिबेला डा. शर्माको मोबाइल स्वीच्ड अफ छ ।
महासचिव तिमिल्सिनासँग प्रतिक्रिया लिन खोज्दा यति भन्दै फोन काटे – ‘म अहिले केही बोल्न सक्ने अवस्थामा छैन । एक, डेढ घण्टा पछि फोन गर्नुहोला। संघले सोमबार विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मीलाई सुरक्षा वातावरण प्रदान गर्न, हातपात गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको थियो ।
मनिपाल अस्पतालले मृतकपक्षसँग ६ बुँदे सहमति गरेसँगै प्राइभेट हस्पिटलहरुको संस्था अफिनले पनि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिसकेको छ । मनिपाल अस्पताल सदस्य संस्था भएकाले अस्पताल ६ बुँदे सहमतिमा पुगिसकेकाले यो विषय अफिनका लागि पनि टुंगिएको छ ।
मनिपाल अस्पताल, मृतक पक्ष र प्राइभेट हस्पिटलहरुको इस्यू सकिइसकेकाले प्राइभेट हस्पिटलहरुमा सेवा सञ्चालन भइसकेका छन् । मेडिकल कलेजमा मात्र अब आन्दोलन बाँकी छ । त्यहाँका रेजिडेन्ट चिकित्सकहरु आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । इन्टर्न गरिरहेकाहरुले पनि यसमा साथ दिएका छन् ।
भयरहित वातावरणमा सेवा गर्ने वातावरण सरकारले तयार नगरुन्जेल र कुटपिटमा संलग्नलाई कारबाही नगरेसम्म पछि नहट्ने अडानमा छन् ।
मनिपाल अस्पतालले भने मृतक पक्षसँग सहमति गर्दा कुटपिटमा संलग्नलाई छाड्न कानुनी प्रक्रियामा सहजीकरण गर्ने सहमति गरेको छ । यस सहमति भने डाक्टरको माग विपरित छ । मृतक पक्षसँग कुटपीटमा उत्रिएका छाड्न समर्थन जनाउने, डाक्टरसँग ऐक्येबद्धता जनाउने भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
मनिपाल अस्पतालले पनि चिकित्सकको माग पूरा नहुन्जेल ओपिडी सेवा नखोल्ने
यसैबीच, मनिपाल शिक्षण अस्पतालले चिकित्सकको मागमा समर्थन जनाउँदै जारी आन्दोलनमा ऐक्येबद्धता जनाएको छ । अस्पतालले चिकित्सकको माग पूरा नहुन्जेल ओपिडी सेवा नखोल्ने र ईमर्जेन्सी सेवा मात्र प्रवाह गर्ने बताएको हो ।
लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । डाक्टर कुटेको विषयमा भने सहमतिपत्रमा केही उल्लेख थिएन । लमजुङमा पनि असोज ७ गते डाक्टर कुटिएका कारण देशभरका चिकित्सक आन्दोलित छन् । काठमाण्डौमा दिनहूँ प्रदर्शन गरिँदै आएको छ ।
सम्बन्धित समाचारः
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
पोखरामा डाक्टर कुटिएको बिरोधमा माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो