पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

शाेक

पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

Hutraj Shrestha

पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार ७६ वर्षको उमेरमा निधन भएको हो ।

केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि उनलाई समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो । उनलाई मुटुसम्बन्धी समस्या रहेको जानकारले बताएका छन् ।

लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल-लेकसाइड रिर्टिट) का संचालक उनी समाजसेवी र इतिहासका जानकार थिए । विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उनी केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए ।

श्रेष्ठको परिवार नेपालको पूर्वी भोजपुरको ताङवाबाट पोखरा आएको थियो । हाल उनी घारीपाटन बस्दै आएका थिए । उनका श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ