पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ

चोरी

पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ

Roller

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी भएको छ। डिजेल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले २ युवालाई पक्राउसमेत गरेको छ।

पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलर आँबुखैरेनी गाउँपालिका–२ ढाँपटारमा पार्किङ गरी राखिएको थियाे । चोरीमा संग्लन बन्दीपुर गाउँपालिका–५ याम्पाका २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का रामबहादुर चमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको डिएसपी खाँणको भनाइ छ। ‘रोलरबाट ११० लिटर डिजल चोरी गरेर बा २० च ७४९ नम्बरको इसुजु हाइलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो’, डिएसपी खाँणले भने।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप गरेर थुनामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds