बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’

अनुगमनप्रति असन्तुष्टि

बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’

चाडबाडको समयमा 'मौषमी' रुपले गरिने अनुगमनबाट व्यवसायीलाई असहज महसुस हुन्छ

pcci-pic

पोखरा उद्योग वाणिज्य संघले मानवीय स्वभाव वा असावधानीवश भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनुले सामान्य त्रुटि हुन सक्ने संघले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार/प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ,’ संघ महासचिव बलराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

संघले चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवामा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय वस्तु एवं सेवा बिक्रीको व्यवस्था मिलाउन उद्योगी व्यवसायीलाई अनुरोध गरेको छ ।

विज्ञप्तिमा कानूनले तोकेभन्दा बढी नाफा नलिन, उपभोक्ता अधिकारप्रति सचेत रहन र म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न पनि आग्रह गरिएको छ । चाडबाडको समयमा ‘मौषमी’ रुपले गरिने बजार अनुगमनबाट व्यवसायीले असजह महसुस गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ