पोखरास्थित मणिपाल अस्पताल डाक्टर कुटपिट प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेदप्रकाश जोशीलाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको पत्र प्राप्त भएको जानकारी दिए ।
अब बैदामको नेतृत्व डीएसपी राजेन्द्र श्रेष्ठले सम्हाल्नेछन् । ‘डीएसपी जोशीको सरुवा भएको हो । प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीएसपी राजेन्द्र श्रेष्ठसँग परस्पर सरुवा भएको हो ।’ एसपी थापाले भने ।
मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बगरको कार्यक्षेत्र भित्र पर्ने भएपनि त्यसभन्दा माथिको पोष्टमा रहेका डिएसपी जोशीलाई थप मद्धतका लागि सुरक्षा नेतृत्वको जिम्मा दिइएको थियो । प्रहरीले डाक्टरहरुलाई कुट्नू र इन्सपेक्टरले मनलाग्दी अश्लिल बोल्दै डाक्टर कुटेको बताउनू नै प्रहरीको कमजोरी रह्यो ।
जोशी गत फागुनमा बैदाम प्रहरी प्रमुख आएका थिए । सामान्यतया कार्यअवधि १ वर्षको हुने गरेको छ । उनी आधा समय बाँकी रहँदै सरुवा भएका हुन् । जोशी जिल्ला तानिएको खबरहरु सार्वजनिक भएपनि उनी हेडक्वार्टर नै तानिएका हुन् । जोशी संगठनमा तुलनात्मक रुपमा नम्र प्रहरी अधिकारी मानिन्छन् । उनी गत वर्ष नेपाल प्रताप सुभूषण पदकबाट विभुषित पनि भएका थिए ।
यस्तै, मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका बेला ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडसामू अपशब्द बोल्ने प्रहरी निरीक्षक मदन श्रेष्ठ भने निलम्बनमा परेका छन् ।
सोमबार मणिपाल अस्पतालमा उपचाररत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भई डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सकहरु सेवा नै ठप्प पारी आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । मणिपाल प्रकरणमा अहिले पनि चिकित्सक र मृतकका आफन्तबीच तनाब कायमै छ ।
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु