८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

gold_

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार र तेजाबी सुनको मूल्य एक लाख १० हजार ६५० तोकिएको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ