टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ

टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ

Suruchi Pandey

काठमाडौं। वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले पोखराकी एक महिलालाई पक्राउ गरेको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका-५ लेखनाथ टोल निवासी ३२ वर्षीया सुरूची भुजेललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुरूची भुजेल सहित सोही टोलका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई टर्कीमा गएको भूकम्प पश्चात पुन: निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले कामदार चाहिएको र मासिक १४ सय अमेरिकी डलर तलब हुने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेका थिए।

पीडितहरूको उजूरी पश्चात आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले सुरूचीलाई पोखराबाट पक्राउ गरेको हो ।

उनी माथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको व्यूरोको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds