पोखरा । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई प्रदान गरिने भएको छ।
पूर्व गण्डकी प्रदेश सभा सदस्य तथा उद्यमी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट बिनु र तारा पुरस्कृत हुन लागेका हुन्।
छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए। संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले वर्ष २०७९ को पुरस्कार बिनुलाई र २०८० को तारालाई दिन सिफारिसि गरेको हो।
पुरस्कारको राशी २० हजार १११ रुपैयाँ रहेको छ। असोज १२ गते पुरस्कार अर्पण गरिने छ।
यो पुरस्कारबाट यसअगाडि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते