पोखराका अस्पतालहरुमा बिहानैदेखि ओपिडी सेवा प्रभावित बनेको छ । पूर्वान्हदेखि सबैमा ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प बन्यो । अहिले भर्खरै मात्र नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने भनी विज्ञप्ती जारी गरेको छ ।
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गर्ने तयारीमा रहेको सूचना प्राप्त भएको छ ।
नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।
अस्ति असोज ७ गते लमजुङ अस्पतालमा र हिजो असोज ८ गते मणिपाल अस्पताल पोखरामा चिकित्सकमाथि कुटपिट भएको बिरोधमा चिकित्सकहरु आन्दोलित भएका हुन् । ३ बुँदे मागमा पहिलो बुँदामा कुटपिट र अस्पताल चोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने रहेको छ ।
मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ ।
यस्तै, दोषीहरुलाई गरिएको कारबाही सम्बन्धी जानकारी नेपाल सरकारको छाप सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ ।

हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरिएको थियो ।
अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।
काठमाण्डौमा डाक्टरहरुको प्रदर्शन
चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।
उनीहरुले ‘दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट’, ‘अस्पतालमा नआउ, डाक्टर बिरामीको दुवैको ज्यान बचाउ’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘पेशा छोडौं कि देश छोडौं’ ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल पनि भएको थियो ।
पछिल्लो समय अस्पतालमा डाक्टरमाथि कुटपिट तथा हातपातको घटना सार्वजनिक भइरहेका छन् । दुई साता अघि हेटौंडामा दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलिन बनेका थिए । गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
सम्बन्धित समाचारः
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो