पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग गर्ने भएको छ ।
नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतमा आइसिटी कक्षाको रुपमा विकास गर्ने भएको छ भने विद्यालयहरुमा इन्टरनेट निशुल्क गर्ने भएको छ ।
विद्यालयहरुमा प्राविधिक क्षेत्रमा अध्ययन गर्नेलाई प्रोत्साहन र विद्यालयहरुमा डिजिटल कक्षाको विकास गर्दै आइटी बढ्ने विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको हो ।
वडाले नीति तथा कार्यक्रममै समावेस गराएर प्राविधिक शिक्षा पढ्नेलाई प्रोत्सहन र विद्यालयहरुलाई डिजिटल बनाउँदै पूर्वाधार सुधारमासमेत जोड दिइएको अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
‘देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह माविजस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, वडाध्यक्ष बास्तोलाले भने, ‘सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं ।’
वडाले सबैजसो विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ । कम्तिमा हप्ताको एक दिन घरायसी कामदेखि जिम्मेवारी सिकाउनेसम्मका शिक्षा दिने गरी योजना अगाडि बढाइएको अध्यक्ष बास्तोलाले बताए ।
छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्ने नाममा छोरै चाहिन्छ भन्ने मान्यता हटाउन पोखरा-१२ मा छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ । २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार रुपैयाँ वडा दिने नीति लिइएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
‘पोखरा-१२ प्रशस्त स्वास्थ्य संस्था रहेको वडा हो । स्वास्थ्य संस्थाहरुमा छोरा भए राख्ने नत्र भ्रूण हत्या नै गर्ने योजना साथ अझै पनि मानिसहरु आउने गरेको पनि मैले थाहा पाएँ ।
अझै पनि यो समाजमा रहेको असमानता रोक्नुपर्छ भनेर २ वटासम्म छोरी पाएर परिवार नियोजन गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएका हौं,’ अध्यक्ष बास्तोलाले भने ।
अपांगता भएका व्यक्तिहरुका लागि उपचार गर्न निशुल्क सवारी साधनको व्यवस्थासमेत वडाले गर्ने भएको छ । अपांगता भएका व्यक्तिलाई सहजताका लागि स्वास्थ्य संस्थामा पुगेर उपचार गराएर फर्किँदाको सवारी साधन गर्न वडाले नै गर्न लागेको बास्तोलाले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने