काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्टाएका छन्।
अभियन्ता ई: लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेका थिए।
मेयर बालेनको स्टाटसमा जवाफ दिँदै अभियन्ता ई: ले भनेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन।’
अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर नभई नगर प्रहरी आएको बताए।
अभियानकर्मी तथा पत्रकार नारायण वाग्लेले पनि बालेन हाेइन, नगर प्रहरी नै आएकाे स्पष्ट पारेका छन् । मेयर शाहले भने अभियन्ताहरू संवादमा आउन नचाहेको दाबी गरेका थिए।
सम्बन्धित समाचारः
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो