मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’

मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’

balen shah (1)

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले केही दिनयता आन्दोलनमा रहेका अभियन्तासँग आफूले वार्ता गर्न खोज्दा राजनीतिक स्वार्थका कारण नआएको बताएका छन् ।

मेयर शाहले सामाजिक संजालमा स्टाटस लेख्दै आन्दोलनरत युवालाई वार्ताका लागि बोलाउँदा नआएको भन्दै आफूहरुले अभियन्ताको कुरा र समस्या सुन्न तयार भए पनि उनीहरु वार्ताका लागि नआएको बताएका हुन् ।

मेयर शाहले अगाडि लेखेका छन् – ‘लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने हामीले बुझेका छौं,’ ‘सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेका छौं । के वार्ता हामीले उहाँहरुका नेतासँग गर्नुपर्ने हो ?’ मेयर शाहले प्रतिप्रश्न गरेका छन्।

महानगरपालिकाले फुटपाथ खाली गराउनका लागि फुटपाथ व्यापारी हटाएर गरिखाने वर्गमाथि विभेद गरेको भन्दै केही युवा आन्दोलनमा छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको भवन अगाडि ईः लगायतका केही युवा अभियन्ताले उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds