पोखरा वडा नं. १४ चाउथेबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्न प्रहरी सफल भएको छ । संलग्न दुई जना लागुऔषध कारोबारी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा घर भएका केशबहादुर कुमाल र स्याङ्जा घर भएका सन्तोष थापा रहेका छन् । आमा र छोरीमात्र बस्ने चाउथे प्रतिभा टोलस्थित एक घरको तल्लो कोठा भाडामा लिइ उनीहरुले लागुऔषधको डिलर नै बनाएको खुलेको हो । प्रहरीले विस्तृत विवरण प्रेस मिट गरेरै खुलाउने कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले फेनेरागन १,३६१ एम्पुल, नुफ्रिन १,१३२ एम्पुल, डाइजापाम १,२०२ एम्पुल गरी कुल ३,६९५ एम्पुल लागुऔषध बरामद गरेको छ । वडाध्यक्ष बोधबहादुर कार्की लगायत स्थानीयको रोहबरमा मुचुल्का उठाई लागुऔषध बरामद गरिएको हो ।
उनीहरुको साथबाट ६ लाख बढी नगद पनि बरामद गरिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते