पोखरा । कास्कीको काहुँखोला नजिकै काउरे बयरघारीमा गएराति ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजन नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग१त ७०६७ नम्बरको ट्याक्टर मादी–५ मा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सहचालक सुजन गम्भीर घाइते भएका थिए ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइन्छ । दुर्घटनापछि ट्याक्टर चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते