पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २/२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले सम्मान गरेका हुन् ।
दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र हाल प्रेस युनियनको सभापति छन् भने नेपाल खबर र ढोरपाटन दैनकमा कार्यरत छन् ।
उनी नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र सुशासनका लागि नागरिक समाज (सुनास) ले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते