पोखरा । सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट), पोखराको २१ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रति थप जवाफदेही हुनुपर्ने बताए। आफ्नो कार्यक्षेत्र प्रति स्पष्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे।
कमिकमजोरीहरू निराकरण गर्दै आफूहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भूमिका सधैँ सहयोगी हुने उल्लेख गरे।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक विकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका-८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पवित्रा केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभाले सूर्य प्रसाद न्यौपानेले पेश गरेको सचिवको प्रतिवेदन र सञ्जय सुवेदीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतरूपले पारित गरेको थियो।
संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सूर्य प्रसाद न्यौपानेले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने