पोखरा । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।
गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र अन्य केही घरमा पनि आंशिक क्षति पुगेको छ।
जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीको भनाइ छ ।
गएराति १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले निभाएका थिए ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते