पोखरा । पोखरामा सार्वजनिक सवारी साधन चढ्ने यात्रुहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा शुक्रबार दुई युवक पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका–.१४ घर भइ पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने २४ वर्षीय मन्जित महरा र रौतहट गौर नगरपालिका घर भइ पोखरा– १३ मियापाटन बस्ने २४ वर्षीय अमर शाह रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई ईच्छा विपरीत जबरजस्ती आफ्नो सवारी साधनमा चढाउन खोज्ने तथा झोला समेत खोसाखोस गरी दुःख हैरानी दिने गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते