डि–मर्चा भन्छ ‘भ्रष्टाचारीलाई किरा परोस्’

सुशासन

डि–मर्चा भन्छ ‘भ्रष्टाचारीलाई किरा परोस्’

पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ ।

डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् ।

गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जागरुक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताए । ‘भ्रष्टाचार मुक्त समाज बनाउने । भ्रष्टाचार गर्नेलाईपनि अबदेखि भ्रष्टाचार गर्न हुन्न भन्ने बनाउने सन्देश दिनू गीतको मूल उद्देश्य हो’–उनले भने ।

गीतका परिकल्पनाकार बिरेन्द्र पुनले भ्रष्टाचारले युवा देशमा बस्न सक्ने स्थिति नरहेकाले त्यसबिरुद्ध जनमत बनाउने आफूहरुको उद्देश्य रहेको बताए । शुरुमा हामीले ‘जनताको समस्या’ गीतमार्फत जनताको समस्याहरु उजागर गर्‍यौं,उनले भने,‘त्यसपछि ‘नेताज्यू नमस्कार’ गीतमार्फत हामीले समस्या समाधानका लागि सरकार र नेताहरुलाई आग्रह गर्‍यौं । तर समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर भ्रष्टाचार नगर्न खबरदारी गरेका हौं ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds