पत्रकार ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल पुरस्कृत भएका हुन् । प्रा.लि.को पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर आज पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरिएको हो ।
विगत १७ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल पौडेललाई नगद २५ हजार रुपैया , सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सडक यातायातसँग सम्बन्धित सुचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सुचित गराउन उल्लेख्य योगदान पु¥याएकोमा महासंघ तथा प्रालिले पौडेललाई पुरस्कृत गरेको हो ।
पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन , एभिन्यूज टेलिभिजन , पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरिसकेका छन् । यसैगरी, पोखराका पहिलो पत्रकार स्वर्गिय जगन्नाथ सिग्देलको स्मृतिमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत पौडेल विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भइसकेका छन् ।
प्रा.लिले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथक लगायत सम्मानित भैसकेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने