संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् ।
यसरी जेल मुक्त हुनेहरूमा जघन्य अपराधमा जेल बसेकाहरू समेत छुटेको खुलेको छ । त्यसमध्ये एकजना गुन्डागर्दीका रूपमा चर्चित नाम नेपालगन्जका योगराज ढकाल उर्फ रिगल पनि छुटेका छन् ।
रिगल व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका अपराधी हुन् । उनी राष्ट्रपतिले आममाफी दिएपछि बुधबार छुटेका छन् ।
रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । घोराहीका जेलरले रिगलले पचास प्रतिशत सजाय भुक्तान गरेको जानकारी दिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलको समूहले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरेको थियो । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । सो समूहका ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले गुण्डागर्दी गर्नेमाथि काठमाडौंमा इन्काउन्टर गर्न थालेपछि २०७२ भदौमा उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । प्रहरी स्रोतका अनुसार उनी २०७४ मा प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैटेका सहयोगी समेत हुन् । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।

कानुनतः फौजदारी कसुरअन्तर्गत हिंसासम्बन्धी सजाय तोकिएकाको हकमा कैद मिनाहा गर्न नमिल्ले उल्लेख छ । तर, रिगलको हकमा राष्ट्रपतिले सो व्यवस्थालाई लत्याउँदै आममाफी दिएका छन् । उनी पछिल्लो समय दाङस्थित घोराही कारागारमा सजाय भोगिरहेका थिए ।
यसअघि रिगल मकवानपुरको भीमफेदी कारागार हुँदै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए । व्यक्ति हत्यामा दोषी ठहर भइ सर्वस्वसहित जेल पुगेका रिगल ५० प्रतिशत समेत नबसी आममाफी पाउनुको अन्तर्य भने नेपाली कांग्रेससँग जोडिन्छ ।
रिगललाई नेपाली कांग्रेसका नेताकै दबाबमा राष्ट्रपतिले माफी दिएका हुन् । काँग्रेसले प्रचण्डलाई दबाब दिएपछि सरकारले रिगलकाे नामसहित सिफारिस गरेको हो । उसो त उनी जेल पर्नुअघि पार्टीको तरुणदल विभागमा सक्रिय थिए ।
आश्चार्यको कुरा ढकाललाई दाङदेखि नेपालगन्जसम्म कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेको देखिन्छ । रिगललाई पार्टीको कार्यकर्ताले स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने