कञ्चनपुको बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र प्रसाद गैरेमाथि मंगलबार मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
अहेब गैरेमाथि बेलौरी नगरपालिका–३ गोकुलपुरका रामु भनिने रामबहादुर खड्काले हातपात गरेका हुन्। अहेब गैरेमाथि मध्यराति हातपात भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
मंगलबार मध्यराति रामबहादुरका नाता पर्ने एक जना मापसे सेवन गरेर लडेर उपचारको लागि स्वास्थ्यकेन्द्र आएका थिए। निधारमा चोट लागेकोले टाँका लगाउनु पर्ने थियो। गैरेका अनुसार दुई/तीन दिन लगातार बिदा हुनाले धागो सकिएको थियो। मध्यराति स्टोर बन्द भइसकेको हुनाले गैरे आफैले पैसा दिएर बाहिरबाट धागो मगाएर बिरामीलाई टाँका लगाइरहेका थिए।
सोही समयमा मापसे गरेर आएका रामबहादुरले आफूमाथि हातपात गर्दै दुर्व्यवहार गरेको अहेब गैरेले बताए। ‘टाँका लगाउँदा एक्कासी आएर हातपात गरे, किन धागो नभएको, धागो छैन भने राजीनामा दे, किन काम गरिराछस् भन्दै गालीगलौज गरे,’ उनले भने, ‘के गर्न सक्छस् भन्दै पटक पटक हातपात भयो।’
ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनामा प्रहरी प्रशासन मूकदर्शक बनेको उनको गुनासो छ । राति नै खबर गर्दा पनि प्रहरीले केही चासो नदेखाएर अत्यसै पिट्छ? त्यसै त पिटेन होला? भनेर उल्टै पीडा थप्ने काम गरेको गैरेले बताए ।
दोषी उपर कारबाही नभए भोलिदेखि स्वास्थ्य केन्द्रको आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने