पोखरा । सरकारले शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार घोषणा गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार पुरस्कृत हुने शिक्षक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष, विद्यालय कर्मचारीहरुको नाम सार्वजनिक भएको हो ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका सामुदायिक विद्यालयका १/१ जना प्रधानाध्यापक तथा शिक्षकहरुले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । पोखराका ५ जना पुरस्कृत हुने भएका छन् ।
पोखराको शीतलादेवी माध्यमिक विद्यालयका प्रअ बाबुराम अधिकारी सामुदायिक तर्फ कास्कीमा उत्कृष्ट बनेका छन् । निजी विद्यालयतर्फ एसओएस हर्मनमाइनर मावि पोखरा १५ का प्रअ चूडामणि सुवेदी, पोखरा ७ मासबारको मदरल्यान्ड माविका शिक्षक वामनकुमार घिमिरे र पोखरा ४ स्थित फेवा पब्लिक स्कूलका संस्थापक अचुत पाण्डेलाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । व्यवस्थापन समितितर्फ पोखरा ३२ गगनगौंडाको गोगन माविका अध्यक्ष मेघराज पौडेल पुरस्कृत हुने भएका छन् ।
सामुदायिक विद्यालयबाट पुरस्कृत हुनेहरुमा महालक्ष्मी मावि गोरखा ९ का प्रअ चूडामणि काप्री, मनाङको नासो ५ को प्रकाशज्योति माविका पद्मराज पन्थी, लमजुङ ११ बेसिसहरको जनकल्याण माविका शिक्षक झपेन्द्रराज न्यौपाने, चन्द्रोदय मावि आँबुखैरेनी तनहुँका प्रअ सरला बस्नेत, स्याङ्जा भीरकोट ६ को भाग्योदय माविका निमावि शिक्षक भेषराज रेग्मी, नवलपुर गैंडाकोट ५ को जनक माविका प्रअ चूडामणि शर्मा, मुस्ताङको थासाङ १ को योगेन्द्र माविका प्रावि शिक्षक सन्त थकाली, म्याग्दीको मंगला २ को मंगला माविका मावि शिक्षक हुमनाथ पाण्डे, बागलुङको ताराखोला १ को जनप्रेमी माविका प्रअ नइन्द्रबहादुर गुरुङ र पर्वतको महाशिला ६ को मदनआश्रित माविका प्रअ खड्कबहादुर क्षेत्री छन् । बागलुङको चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले पनि राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् ।
व्यवस्थापन समितितर्फ स्याङ्जा पुतलीबजार ३ को काजीमान हरिटीका माविका अध्यक्ष अनुप श्रेष्ठ, पुतलीबजार १३ को कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला पुरस्कृत हुने भएका छन् । गोरखा भीमसेन थापा गापा ६ को सरस्वती माविका विद्यालय कर्मचारी इलिमबहादुर गुरुङ र सहिद लखन गापा ५ को सिद्धस्थानी माविकी बालविकास सहजकर्ता मीना परियारले पनि पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा अर्जुनकुमार थापा र स्कुल अफ बिजनेसी उपप्राध्यापक सुजाता अधिकारी पनि राष्ट्रिय शिक्षा पुरस्कारको सूचीमा छन् ।
यसअघिका शिक्षा पुरस्कारमा पोखरा र गण्डकी प्रदेशका सामुदायिक र निजी विद्यालयहरु पनि पुरस्कृत हुन सफल भएको इतिहास छ । तर यसपालि भने अरु प्रदेशकै विद्यालयहरुले राष्ट्रिय पुरस्कार जितेका छन् । सामुदायिक विद्यालयतर्फत सिन्धुलीको दुधौली नगरपालिका ११ को कमला माध्यामिक विद्यालय प्रथम भएको छ । २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा कमला मावि ३ लाख नगदसहित पुरस्कृत हुने भएको हो । निजीतर्फ ललितपुर ५ को प्रसादी एकेडेमी प्रथम भएको छ ।
‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १ सय ७७ जनाको नामावली समेत मंगलबारै सार्वजनिक भएको छ ।
यसैगरी, स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त ७ सय ९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वाेत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामवाली पनि सार्वजनिक भएको छ ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मंगलबार शिक्षा दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईका संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

सम्बन्धित खबर
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
‘हेम्जाको शान, आलुको पहिचान’
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बीमा दिवस
संगीतमय बन्यो आलु महोत्सव
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर