पोखरादेखि सिक्लेसको गाडी भाडा २ सय घट्यो, अब ५ सय

पर्यटन

पोखरादेखि सिक्लेसको गाडी भाडा २ सय घट्यो, अब ५ सय

पहिरोले अवरुद्ध सडक खुल्यो

Sikles

पर्यटकीय गाउँ सिक्लेस

पोखरा–सिक्लेस यातायात भाडादर घटेको छ । पोखरा–सिक्लेस जिप व्यवसायी समितिले ७ सय रुपैयाँ रहेको भाडादर घटाउँदै ५ सय रुपैयाँ कायम गरेको छ ।

सिक्लेस कास्कीको पर्यटकीय गन्तव्य हाे । गुरुङ समुदायको संस्कृति तथा विभिन्न हिमशृंखला हेर्न ठूलो संख्यामा पर्यटक जाने गर्दछन् । गाडी भाडादर घटेपछि पर्यटकको संख्या बढ्ने मादी गाउँपालिकाको विश्वास छ । मादी गाउँपालिका १ वडाध्यक्ष देवीजंग गुरुङले भाडादर घटाएकोमा जीप व्यवसायी समितिप्रति धन्यवाद ज्ञापन गरेका छन्

साथै, पोखरा–सिक्लेस सडकखण्डमा पहिराेका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

बाटोमा अड्किएका ठूलाठूला ढुंगा सडक उपभोक्ता समितिमार्फत पन्छाएपछि आंशिक रुपमा सडक सञ्चालनमा आएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

मादी गाउँपालिका ६ चिप्लिखोलामा यसअघि पनि पहिरोका कारण पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । उक्त ठाउँमा सडक अझै पूर्ण रुपमा नहटिसकेकाले पन्छाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ