पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु भएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप सोमबार सहारा क्लब पोखरा, सहारा यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके आमा समुह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
छलफलमा सहारा यूकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रुपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङ, रामबजार सोसाइटी यूकेका अध्यक्ष रामबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ सुरज, पूर्व अध्यक्ष विक्रम थकाली, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ लगायत सहभागी बनेका थिए ।
सहभागीहरुले मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको लोकप्रियता बढ्दै गएको बताए । अवार्ड कार्यक्रमलाई अझै भव्य बनाउन गर्नुपर्ने महत्वपूर्ण सुझाबहरु दिँदै आफूहरु सदैव मञ्चको साथमा रहने प्रतिवद्धता जनाए । समाजमा रहेका विकृती विसंगती विरुद्ध आवाज उठाउदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशिल बन्न मञ्चलाई उनीहरुको आग्रह थियो ।

तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरिन् । सहारा क्लब पोखराको संस्थापक कोषाध्यक्ष समेत रहेकी उनले अवार्ड कार्यक्रमका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । अन्य सहभागीले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने वचन दिएका थिए ।
सोही कार्यक्रममा सहारा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बराललाई कार्य सफलताको शुभकामना सहित बधाई ज्ञापन गर्यो । नवनिर्वाचित अध्यक्ष बरालले आफ्नो नेतृत्वको कार्यकालमा मञ्च गण्डकीसँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए । खेल क्षेत्रका विकृती विसंगतीको बारेमा उजागर गर्ने काम पत्रकारको भएको भन्दै त्यसमा आफ्नो तर्फबाट सदैव साथ रहने बताए ।
मञ्चले सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ मा सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई प्रंशसा पत्र प्रदान समेत गर्यो । मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशी कुमार पौडेलले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
मञ्च गण्डकीले यहीं असोज ६ गते पोखरामा आयोजना गर्ने साधारण सभा र विधान अधिवेशनको तयारी समेत तिव्रताका साथ अगाडि बढेको अध्यक्ष दीननाथ बरालले जनाए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो