पोखरा। नवआदर्श सामुदायिक विकास समाजद्वारा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा सोमबार भएको खेलका आधारमा नेपाल पुलिस क्लब शीर्षस्थानमा रहँदै फाईनल पुगेको थियो । पोखरा रंगशालामा भएको लिगको अन्तिम खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हराएर ८ अंकका साथ फाईनलमा स्थान सुरक्षित गरेको थियो । पुलिससँग २५–१९, २५–१७, २०–२५ र २५–२१ को सेटमा हारेको एपीएफ अघिल्ला खेलका आधारमा ४ अंक जोड्दै तेस्रो भयो ।
न्यू डायमण्ड ६ अंकका साथ दोस्रो स्थानमा थियो ।सोमबार नै भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले चन्द्रागिरी नगरपालिका न्यू डायमण्डलाई ३–१ को सेटमा हराएर उपाधि जितेको हो । पुलिसले डायमण्डलाई २५–१८, २२–२५, १४–२५ र २०–२५ को सेटमा पराजित गरेको हो ।
पुरुषतर्फ सोमबार लिग चरणका २ खेल भए । जसमा एपिएफले मणिमुकुन्दलाई पराजित गरेर ७ अंक बटुल्यो । २५–१७, २१–२५, २३–२५ र ३२–३४ को सेटमा हारेको मणिमुकुन्दको अघिल्ला खेलको आधारमा ५ अंक भयो । त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै ९ अंक जोड्यो । पहिलो र दोस्रो सेट १५–२५, २३–२५ मा हारेको गण्डकीले उत्कृष्ट पुनारागमन गर्दै २५–२२, २५–१८ र १५–१० को सेटमा हराउँदै २ अंकसहित ९ अंक बनाएको हो । पुलिस पराजित भएपनि पाँचौ सेट खेलेकाले गण्डकीबाट १ अंक खोसेको थियो । यसअघिका खेलबाट पुलिसको तालिकामा ८ अंक भइसकेको थियो ।
तालिकामा गण्डकी र पुलिसको ९÷९ अंक भएपनि सेटका आधारमा पुलिस पहिलो र गण्डकी दोस्रो हुँदै फाइनल पुगेको प्रतियोगिताका टेक्निकल डेलिकेट अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले जानकारी दिए । फाईनल खेलमा १९–२५ र २५–२२ अंकमा गण्डकी र पुलिसले १÷१ सेट जितेको अवस्थामा खराब मौसमका कारण खेल सोमबारलाई सरेको थियो । मंगलबार बिहान फाईनल खेल सुरुबाटै हुने रेफ्री थापाले जानकारी दिए ।
उनका अनुसार तेस्रो र चौथो स्थानका लागि हुने भनिएको खेल समय अभावका कारण खेलाउन नसकिएको हो । अब अंक तालिकाको आधारमा तेस्रो स्थानको पुरस्कार प्रदान गरिने उनले बताए । तालिका अनुसार महिला र पुरुष दुबैतर्फ एपिएफ तेस्रो स्थानमा छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने