धादिङ । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि १५ दिन राति ४ घण्टा बन्द हुने भएको छ ।
धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक २० गतेसम्म राति ४ घण्टा बन्द गर्न लागिएको हो ।
यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेकाले रातको समयमा सडक बन्द गरेर काम गर्न सडक बन्द गर्न लागिएको हो ।
सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।
हेर्नुहोस् सूचना :
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते