अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ

ठगी

अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ

arkako sim

सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका-६ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्दै आएका २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दिवालीले पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरेको देखिएपछि उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ