एमाले गण्डकीको अधिवेशन र्‍याली झाँकीमय हुने

एमाले गण्डकीको अधिवेशन र्‍याली झाँकीमय हुने

uml-gandaki

पोखरा । असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने अधिवेशन पूर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल–पहाड–तराइको सम्पूर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो। झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन र्‍यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो।

अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिए।

संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्र्दभमा भनाई राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ