अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गर्ने स्याङ्जाका २ युवक पक्राउ

अपराध

अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गर्ने स्याङ्जाका २ युवक पक्राउ

rap syangjaa

स्याङ्जामा अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वारा बस्ने २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए।

उनीहरुले घरमा बसिरहेको बेला बौद्धिक अपाङ्गता भएकी ३२ वर्षीया महिलालाई भदौ २० गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीले महिलाको विवरण गोप्य राखेको छ ।

महिला अपांगता भएका कारण परिवारले थाहा पाउन ढिलाइ भएको र भाइलाई २८ गते भनेपछि सोही दिनै दर्ता भएको निवेदनका आधारमा घटनामा संलग्नहरुलाई भदौ २९ गते नै प्रहरीले पक्राउ गरेको लामाले बताए । जिल्ला अदालत स्याङ्जाबाट सात दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds