न्यू मोडल माविमा तीज नृत्य प्रतियोगिता

न्यू मोडल माविमा तीज नृत्य प्रतियोगिता

New Model

पोखरा ८, नागढुंगा स्थित न्यू मोडल माध्यमिक विद्यालयमा तीज पर्वको अवसरमा तहगत रुपमा तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

जुनियरतर्फ कक्षा ४ ‘क’ प्रथम, ३ ‘क’ द्वितीय र ४ ‘ख’ तृतीय भएका थिए । सिनियरतर्फ कक्षा ९ को समूह प्रथम, कक्षा ७ को समूह द्वितीय र कक्षा ५ ‘ख’ समूह तृतीय भए ।

रचना केसी र ईन्दु पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालयका सह प्राचार्य पदम बस्ताकोटीले तीज पर्व नेपालीहरुको मौलिक पर्वत रहेकोले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

तीज संस्कृतिमा परिवर्तन आएको र हरेक व्यक्ति शिक्षित र आत्मनिर्भर बन्न सके हिजोको जस्तो दुःख बेदनामा कमी आउने उनको भनाई थियो ।

कक्षा १० की छात्रा सन्ध्या भुषालको अध्यक्षतामा भएको कार्यक्रम छात्राहरु ओजस्वी पौडेल र अस्मिता शर्माले सञ्चालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ