रेमिट्यान्समा रेकर्ड ! राष्ट्र बैंकको ढुकुटीमा १० महिना १० दिनको आयात धान्न सक्ने विदेशी मुद्रा

रेमिट्यान्समा रेकर्ड ! राष्ट्र बैंकको ढुकुटीमा १० महिना १० दिनको आयात धान्न सक्ने विदेशी मुद्रा

Remittance

काठमाडौं । नेपालले रेमिट्यान्स आप्रवाहमा मासिक रेकर्ड कायम गरेको छ । साउन महिनामा हालसम्मकै धेरै अर्थात्‌ १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

देशको आन्तरिक अर्थतन्त्र शिथिल भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने उल्लेख्य सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर बढेको र रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या दिनानुदिन बढिरहेका कारण रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेको हो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ