काठमाडौं । हृदयघातका कारण निधन भएका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले पार्टीले बाबुको अपूरा सपना पूरा गर्नका लागि आफूहरुलाई आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
समवेदना प्रकटका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका नेताहरुलाई आभार व्यक्त गर्दै उनले बाबुले पूरा गर्न बाँकी रहेको कामहरु पूरा गर्न पार्टीले सपोर्ट र आत्मबल दिनेमा आफू विश्वस्त रहेको बताए ।
‘हजुरहरु यहाँ हामीलाई आत्मबल प्रदान गर्न आउनु भएकोमा म एकदम आभारी छु, हाम्रो परिवार आभारी छ । उहाँले गर्नुभएका र अब गर्नपर्ने धेरै कामहरुका लागि यसरी नै आत्मबल प्रदान गरिराख्ने र त्यसलाई सम्पन्न गर्न हामीलाई सपोर्ट र आत्मबल प्रदान गर्नुहुनेछ भन्न चाहन्छु,’– उनले भने ।
एमाले पार्टी पंति र राजनीति वृत्तमा पनि सुहाङले पिताको बाटो पछ्याउने आँकलन गर्न थालिएको छ । नेम्वाङकाे निर्वाचन क्षेत्रमा कहिल्यै उनी हारेनन् । उनकाे निधनपछि उपनिर्वाचनमा सुहाङले चासाे देखाएकाे बुझ्न सकिन्छ ।
सुहाङ पनि कानुन व्यवसायी हुन् । यद्यपि उनी अहिलेसम्म राजनीतिमा सक्रिय छैनन् । राजनीतिलाई पेशा नभएर सेवाको दृटिकोणले हेर्नुपर्ने उनको बुझाइ छ । एक अन्तर्वार्तामा उनले राजनीतिमा जान सकिने बताएका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो