काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् ।
तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो । कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हो । नवीन भने मिलमा आउने-जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे ।
काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २८ वर्षीय दीपेन्द्र राईले प्रहरीलाई घटनाबारे जानकारी दिएका दिए । उनी लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार हत्या गर्नुअघि उनीहरू तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरू मिल प्रवेश गरेका थिए । पक्राउ परेका सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ ।

उनीहरूको परिचय भने खुलाइएको छैन । उनीहरू विरुद्ध अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताएका छन् मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने