झ्यालबाट खसेर ७ वर्षीय बालकको मृत्यु

झ्यालबाट खसेर ७ वर्षीय बालकको मृत्यु

balak

भक्तपुर । भक्तपुरमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गस्थित सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने रामबहादुर बुढाका छोरा ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भएका बुढा हाल सोही स्थानमा डेरा गरी बस्दै आएका थिए ।

डेविट आफ्नै डेरा कोठामा खेल्ने क्रममा झ्यालबाट खसेर सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए ।

उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ