एमाले गण्डकीले पहिलो अधिवेशनको उद्घाटनमा ५० हजार कार्यकर्ता पोखरा उतार्ने

एमाले गण्डकीले पहिलो अधिवेशनको उद्घाटनमा ५० हजार कार्यकर्ता पोखरा उतार्ने

FB_IMG_1694787534422
पोखरा ।  नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ।
आगामी असोज १५ र १६ गते पोखरामा हुन गइरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जनपरिचालन  उपसमितिको बैठकद्वारा निर्णय गरिएको उपसचिव एबम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।
अधिबेशनको  उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले अमरसिंह चौरमा  गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे।
पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागि पर्न आग्रह गरे।
पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सम्पन्न उपसमितिको बैठकले असोज १५ गते हुने उद्घाटनसभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds