काठमाडौँको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाडौँको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

death body

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।

गैरीगाउँस्थित दिव्य फर्निचर मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र कुमारकी आमा सुमित्रा भुजेल रहेका छन् । तथा मोरङ घर भएका १९ वर्षका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds