पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालयस्तरीय छात्र/छात्रा प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका कबड्डी संघको प्राविधिक सहयोग र व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले विद्यालयबाटै खेलाडी उत्पादन गर्न सक्दा राम्रो हुन्छ भनेर नै विद्यालयस्तरीय प्रतियोगितालाई जोड दिने गरेको बताए । उनले आफूहरुको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत यो पहिलो कार्यक्रम भएको सुनाए ।
महानगर कबड्डी संघका अध्यक्ष सागर भण्डारीले कबड्डी खेलमा चासो बढाउन र खेलाडी उत्पादन गर्न प्रतियोगिता अपरीहार्य रहेको बताए । उनले आफू नेतृत्वको संघले कबड्डी खेलको विकासका लागि सक्दो प्रयास गर्ने धारणा राखे ।
यो प्रतियोगितामा छात्रातर्फ २३ र छात्रतर्फ १७ गरेर ४० टिम सहभागी छन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।
प्रतियोगितामा छात्रा र छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १२/१२ हजार रुपैयाँ र ७/७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । दुवै विधामा तृतीय हुने २/२ टोलीले ३५/३५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने