धरान। मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेख्दै धरानका डिएसपीको सरुवाको माग गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री श्रेष्ठलाई पत्र लेखेका हुन्।
पत्रमा साम्पाङले डीएसपी नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा खासै केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने, सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने तथा गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई पक्राउ गरी छानबिन नगर्ने लगायतका आरोप लगाएका छन्।
“नगर प्रमुख स्वयंले दिएको उजुरी दर्ता नगर्ने लगायत कसैले आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगरेको र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ।” पत्रमा लेखिएको छ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो