कास्की प्रहरीले गर्‍यो ‘घुमुवा प्रहरी’ खारेज

कास्की प्रहरीले गर्‍यो ‘घुमुवा प्रहरी’ खारेज

अनुसन्धान विशेष सूचना संकलनका लागि मात्र सादा पोशाकमा खटाउने

Dpo-Kaski

पोखरामा घुमुवा (सादा पोशाकमा परिचालित) प्रहरीको व्यवस्था खारेज गरिएको छ ।

कास्की प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक मोहन कुमार थापाले घुमुवा प्रहरी हटाइएको बताए ।

सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीले अनुचित तरिकाले रकम असुली गर्ने जस्तो कुराहरु समय समयमा बाहिरिने गरेको र प्रहरी सङ्गठन बदनाम हुने गरेको कारण पनि सादा पोशाकमा प्रहरी खटाउने काम बन्द गर्न जरुरी भएको कास्की प्रहरी प्रमुख थापाको भनाई छ ।

सादा पोशाकका प्रहरी कर्मचारी परिचालन कार्य निर्देशन–२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वतः खारेज भएकोले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउने कास्की प्रहरीले निर्णय गरेको छ ।

कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्न सूचना संकलन गर्ने टोलीलाई मात्र सादा पोशाकमा खटाउने पनि कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ