पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिद्धारा हरितालिका तीजको अवसर पारेर पोखरा–२५ हेम्जा स्थित मानव सेवा आश्रममा रु १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका छन् ।
पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर विभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसर पारेर सहयोग गर्दै आएको महिला उपसमिति संयोजक रिता पौडेलले बताइन् । सहयोग हस्तान्तरण संगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना ब्यक्त गरेका थिए भने मानव सेवा आश्रम हेमजा कार्यलय सचिव सन्जु मोक्तानले सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन् ।
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमिति संयोजक रिता पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छवि, उपसमिति पूर्व संयोजक तिर्थ श्रेष्ठ, सान्त्वना पौडेल, ईन्दिरा शर्मा, गोमा आचार्य, मिरु लम्साल, देवु जलारी, बविता पौडेल, नन्दकला पौडेल, अग्नि तिमिल्सिनाको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन पोखरा फोटोग्राफर संघ, पोखरा नेपालका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने