पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिए ।
भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिए । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उनका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।
भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताए ।
प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताए । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उनले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गरे ।
प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पारे । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उनले जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गरेका थिए भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका थिए ।
ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहेका छन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर