धादिङ घर भई पोखरामा अस्थायी तथा स्थायी बसोबास गर्दै आएका महिला दिदीबहिनीहरुको संस्था धादिङ त्रिपुरा बाराही महिला समूहले बुबाको मुख हेर्ने दिनको अवसरमा चिसाखोला वेद विद्याश्रममा भोजन, खाद्यान्न वितरण तथा नगद हस्तान्तरण गरेको छ ।
कुशे औंशी, बुबाको मुख हेर्ने दिन पारेर चिसाखोला वेद आश्रम पोखरा १८ मा रहेका ४७ जना बटुकहरूलाई बिहानको भोजन समेत गराइएको अध्यक्ष बबिता मल्लले जानकारी दिइन् ।

समूहले आफ्नो स्थापनाकालदेखि नै बार्षिक कार्ययोजना अनुसार बुबाको मुख हेर्ने दिन पारेर कार्यक्रम गर्दै आएको र आज पनि पवित्र दिनमा बटुक हरुलाई भोजन ग्रहण सहित खाद्यान्न सामान हस्तान्तरण गर्न पाउँदा खुशी र आनन्द मिलेको बताइन् । खाद्यान्न सामाग्रीका साथै नगद ६ हजारसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा आश्रममा रहेका बटुकहरुबाट स्वस्तिक पाठ समेत गरिएको थियो । चिसापानी वेद आश्रमका संरक्षक मोक्षनाथ तिमिल्सेनाले आश्रमको बारेमा बताई धन्यवाद ज्ञापन गरेका थिए । समूहकी उपाध्यक्ष बिन्दा धरेलले स्वागत मन्तव्य र सचिव रचना अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् ।

समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि मानव सेवा आश्रम, विद्यालय र अति विपन्न वर्गका परिवारलाई आर्थिक एवं जिन्सी सामाग्री सहयोग गर्दै आइरहेको अध्यक्ष मल्लले जानकारी दिइन् ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने