पोखरा। सामाजिक संजालमा भ्रमपूर्ण स्टाटस लेखी अराजकता फैलाएको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठकाबारे फेसबुकमा अनर्गल प्रचार गरी व्यक्तिगत सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा प्रचार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला आँधीखोला गाउँपालिका-५ ठुलीबराहा स्थायी ठेगाना भएका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।
रेग्मीले आफ्नो फेसबुकमा “अज्ञात समूहले निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भनेर फोटो सहित पोष्ट गरेका थिए।
Surya Regmi नामको फेसबुक आइडीबाट गत भाद्र २२ गते साँझ उक्त अनर्गल पोष्ट सार्वजनिक भएपछि उक्त व्यक्तिलाई कारबाही गरी पाँउ भनी विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर अन्तर्गत पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए। उनले फेसबुक लाइभमा गुनासाे पनि गरेका थिए ।
पीडित पक्षको जाहेरी पश्चात अनुसन्धानमा जुटेको प्रहरीले उक्त आइडी सूर्य बहादुर रेग्मीले प्रयोग गर्ने गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
हाल प्रहरी नियन्त्रणमा रहेका रेग्मी विरुद्ध विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो