पोखरा । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवर्द्धन गरिएको थियो ।
पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो ।
महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरि नै लागिरहेको भनाई उनको छ ।
“हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन । हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहज नीति निर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने ।
मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा उनको छ । प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणमा ध्यान दिन सकियो भने आर्थिक लाभ लिन सकिने उनले उल्लेख गरे । जसका लागि नीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्ति उनको छ ।
मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाब दिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसका लागि स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले बताए ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मदत पुग्ने बताए । व्यवसायिकमैत्री वातावरण बनाउन सरकारलाई आफुले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन् ।
सांसद सरस्वती गुरुङले तीजका बेला महिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् । ‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु ।’, उनले भनिन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि पहलकदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको उल्लेख गरे । बोलेर भन्दा पनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरे ।
टेवानकी अध्यक्ष कमला गिरीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिएकी छिन् । यो सुरुवात भएको र आगामी दिनमा यस्तो कार्यक्रमले निरन्तरता पाउने भनाई उनको छ ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर