शेयर बजारमा हरियाली, नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

शेयर बजार

शेयर बजारमा हरियाली, नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

stock-market share bajar

शेयर बजारमा आज हरियाली छाएको छ। शेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार साढे १९ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९.४८ अंले बढेर २००७.०६ बिन्दुमा उक्लिएको छ।

आज सबै समूहको शेसेयर बढेको छ। यसमा पनि विकास बैंक, होटेल, जलविद्युत्, बिमा र व्यापार समूहको शेयर उच्च अंकले बढेको छ। यस दिन शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। आज दुई सय ७५ कम्पनीका ५१ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। समग्रमा बजार बढे पनि थ्री स्टार हाइड्रोपावरको सेयर भने आठ प्रतिशतले घटेको छ।

मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो। सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता शेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको शेयर खरिदबिक्री भयो।

साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको शेयर कारोबार भएको थियो। यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ