नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’
अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्। सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ । उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सिआइबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको जानकारी दिइन्।
पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्। फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।
एआइजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी सामान ल्याएको खुलेको थियो ।
सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा
सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत संजयसिंह थापाले तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको खुलेको बताए । साथै उनले त्यसका लागि सोझा नेपालीलाई फकाएर सुन आयात गर्न ७ वटा कम्पनी दर्ता गरेको देखिएको बताए ।
‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ’, उनले भने, ‘अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ ।’ यो बाहेक अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको भन्ने कुरा आएको बताए । ‘त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, सीआइबीले भनेको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने