काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क वितरण गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।
यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ ।
अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन् । खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् । बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सि २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ । यो खोपको दुई मात्रा लगाउनुपर्छ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ ।
गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ । थप खोप ल्याउन स्वास्थ्य मन्त्रालयले प्रयास गरिरहेको छ । पर्याप्त मात्रामा खोप आए पछि १० देखि १४ वर्षका सबै किशोरीलाई दिने तयारी छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने